प्रधानमन्त्री ओलीको दावी आउँदो चुनावमा कम्युनिष्ट पार्टीलाई तीन चौथाई मत

2018-05-17 20:16

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने दावी गरेका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको बताउँदै अब तीन चौथाई मत आउने दावी गरे । कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई’ उनले भने ‘कतिपयलाई यो ठट्टा सक्छ, छ महिनाअघि ककसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ? कार्यक्रममा ओलीले निक्कै गतिला जवाफ पेश गरेका थिए । पार्टीमा दुई अध्यक्ष किन भन्ने प्रश्न आम नागरिकमा उब्जिएको होला भन्दै ओलीले टेम्पो भए पो एक ड्राइभर जेटमा त दुई नै पाइलट हुन्छन् भनेका थिए ।

    Comment Here!


सम्बन्धित समाचार