काठमाडौं । साझा प्रकाशनले बर्सेनि प्रदान गर्दै आएको ‘साझा पुरस्कार २०७३’ ‘दोहाको सीधा उडान’ यात्रा साहित्यका लागि जय छाङ्छालाई प्रदान गर्ने निर्णय गरेको छ। प्रकाशनबाट वर्षभरि प्रकाशित सर्वोत्कृष्ट ग्रन्थलाई सो पुरस्कार प्रदान गरिँदै आएको छ। त्यसैगरी ‘गरिमा सम्मान २०७३’ पद्य विधातर्फ ‘गरिमा’ वर्ष ३५ अङ्क ६ पूर्णाङ्क ३८५ मा प्रकाशित ‘पानी जस्तै म’ शीर्षक कविताका लागि उषा शेरचन र गद्य विधातर्फ ‘गरिमा’ वर्ष ३५ अङ्क ३, पूर्णाङ्क ३८२ मा प्रकाशित ‘मास्कमाडौंहरूको महामाडौं शीर्षक रचनाका लागि प्रा राजेन्द्र सुवेदीलाई दिइने साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए।

त्यस्तै ‘झा बालसाहित्य पुरस्कार २०७३’ ‘पच्चीस प्रतिभा’ पुस्तकका लागि गोपाल पराजुली र ‘साझा लोकसाहित्य पुरस्कार’ ‘उखान सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि प्राडा कुलप्रसाद कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ। साझा पुरस्कारको राशि रु ५१ हजार तथा साझा बालसाहित्य र साझा लोकसाहित्य पुरस्कारका राशि रु १५ १५ हजार तथा गरिमा सम्मानको राशि रु १० १० हजार छ।

सम्बन्धित खबरहरु