लहान । सिराहाको लहानमा दिउँसै व्यस्त बजारको एक होटलबाट निस्किएकी दूई यौनकर्मीसँग राजेन्द्र महतोको भेट हुन्छ । यतिकैमा उनले ‘किन यस्तो हतास भएर निस्किनुभयो भन्ने जिज्ञासा राख्छन्।’ प्रश्न सकिन्न नपाउँदै एक हुल युवाहरु आएर राजेन्द्र महतोलाई मुक्का बजारिहाले । त्यहाँ मान्छेको भिड् लागे । मुक्का बजार्नेहरु र यौनकर्मीहरु त्यहाँबाट एकैछिनमा आ–आफ्नो बाटो लागे । आक्रमणबाट राजेन्द्र महतोको आँखा, निधार र छातीमा गम्भिर चोट लागेको छ । सिराहाका पत्रकार महतोले प्रहरीलाई जानकारी दिँदा भाग्दै गरेको आक्रमणकारीहरु मध्ये ईलाका प्रहरी कार्यालय लहानले दूई जनालाई पक्राउ गर्न सफल भएको छ भने एक जना नाइके फरार रहेको छ ।

पक्राउ पर्ने भारत विहारको लौकहा बस्ने बब्लु ठाकुर र मोजफुल राईन रहेका छन् । घटना ईलाका प्रहरी कार्यालयदेखि सय मिटर पूर्वको हो । जहाँहोटलहरुमा दिउँसै यौनधन्दा चल्दै आएको थाहा हुन आएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेशचन्द ठकुरीले यो घटना लगतै आफ्ना मातहातका प्रहरीहरुलाई यौनधन्दा भइरहेका क्षेत्रमा चेकजांच गर्न निर्देशन दिएका छन् । पक्राउ परेका यि दुवैमाथी सार्वजनिक अपराध सम्बन्धि मुद्दा दर्ता गरिएको छ । पत्रकारमाथी भएको घटनाको नेपाल पत्रकार महासंघ सिरहा शाखाले घोर भत्र्सना गर्दै अपराधीलाई कडा कारवाही गर्न जोडदार माग गरेको छ । विगतमा प्रहरीले लज र रेष्टुरेन्टमा चेकजांच बढाएपछि यौनकर्मीहरु तत्काल विस्थापित भएका थिए । केही समय उनीहरु कोठा भाडा लिएर यौन धन्दा संचालन गर्दै आएको एक विशेष स्रोतको दावी छ । यस्ता यौनकर्मीहरु लहानभित्र दूई दर्जन बढी रहेको छ । यस्ता महिलाहरु पीडित भएकै कारण यौन पेशामा संलग्न हुने गरेको स्थानीय गोपाल गुप्ता बताउंछन् ।यौन पेशामा लागेका महिलाहरु लहानको अस्पताल चौकको टोलहरु, लहान १ स्थित तरकारी बजारदेखि दक्षिण वस्तीहरुमा, ग्रामिण चौकको वस्ती र खुट्टी छेउछाउको वस्तीमा डेरा लिएर बस्ने गरेको गुप्ताको दावी छ । यि यौनकर्मीहरु होटल, लज, चिया पसललगायतको सम्पर्कमा धन्दा गर्दै आएको छ । अस्पताल चौकको केही लजमा दिउंसो र रात्री ग्राहकलाई आवश्यक परेको बेला सम्पर्कमा रहेका पसलेहरुबाट यौनकर्मीहरु उपलब्ध हुंदै आएको छ । एक स्रोतका अनुसार अस्पताल चौकमा ड्युटीमा रहेका प्रहरी र लज, होटलवालहरुको मिलोमतोमा धन्दा हुंदै आएको छ । तर, ड्युटीमा रहेका केही प्रहरी मात्र चिसो, चिया, डबलमजाको कारण मौन बस्ने गरेका छन् । अधिकांश प्रहरी यस्ता क्रियाकलाप रोक्न सक्रिय रहेका छन् ।

सम्बन्धित खबरहरु