काठमाडौँ । चर्चित हास्य कलाकार मनोज गजुरेलसँग डिभोर्स दिएर अहिले उनकी श्रीमती गीतका एल्बम निकाल्न व्यस्त छन् । पछिल्लो समय निकै चर्चा र विवादमा आएकी मिना ढकालले फेरी अर्को गीत निकालेकी छिन। चर्चित हास्यकलाकार मनोज गजुरेलसँग पार पाचुके गरेपछि उनी एकाएक नेपाली मिडियामा भाइरल नै बनिन। सम्बन्ध बिच्छेदपछि मिना ढकालले दिएको अन्तरबार्ता निकै चर्चामा आएको थियो । उनको अभिव्यक्तिलाइ लिएर एक थरिले उनलाई तथानाम गाली गरे भने अर्का थरिले सामान्यरुपमा लिएका थिए ।

चर्चा र विवादकै बीचमा उनले एउटा गीत “आखा जुध्यो” गाएपछि उनि झनै चर्चामा आइन। उक्त गीतमा लाइक भन्दा डिसलाइक धेरै आएपछि उनको धज्जी उडाउनेहरुको ताती नै लाग्यो । पुनः फेरी उनले अर्को गीत ‘म हु नेपालि छोरी’ बोलको नया गीत ल्याएर आएकी छिन । शब्द भने मिना ढकालकै रहेको छ। उक्त गीतको म्युजिक भिडियो छायांकन समेत भैसकेको छ । भिडियोमा चर्चित भिजे तथा मोडेल सोनीका रोकाय देख्न सकिन्छ । सधै छोटो –छोटो ड्रेसमा देखिने सोनीका यस गीतमा गुन्यु चोलीमा देख्न सकिन्छ । मिना ढकाल बानेश्वरमा बुटिक पसल खोलेर व्यापारमा पनि हात हालेकी छिन ।

सम्बन्धित खबरहरु