काठमाडौं । नेपाली सेनाले पछिल्लो समय सैन्य कूटनीतिमा जोड दिइरहेको छ । विकास परियोजना, हतियार तथा सैन्य सामग्री खरिदमा लबिइङ, शान्ति सेनामा नेपालको बलियो उपस्थितिलगायतले नेपाली सेना सैन्य कूटनीतिमा बढी सक्रिय भएको देखिएको हो । नेपालतर्फ हुने सबै खालका कूटनीतिक एवं राजनीतिक भ्रमणमा सेनाको चासो रहने गरेको छ । कतिपय भेटघाट सेनासँग छुट्टैसमेत हुने प्रचलन छ । यही कारण कूटनीतिमा बढी अग्रसर भएको देखिएको सेनाका अधिकारीहरूले बताए । सैन्य कूटनीति परराष्ट्र नीतिकै एक पाटोका रूपमा रहेको भनिए पनि समग्र कूटनीतिमा यसको प्रभाव रहन्छ । ‘ट्रयाक टु डिप्लोम्यासी’ कूटनीतिको एक पाटो हो । यसैमा अडेर सैन्य कूटनीतिले मुलुकलाई संकटबाट जोगाएका उदाहरण छन् । तर यसको व्यवस्थापन हुन नसके समस्या निम्तिने अधिकारीहरू बताउँछन् । आजको कान्तिपुरमा खबर रहेको छ ।

सम्बन्धित खबरहरु