काठमाडौं । मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणा सहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै ¥याम्पमा उत्रिएका छन् । आर आर गु्रपले शुक्रबार राती काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा यी अभिनेता अभिनेत्री शोज टपरका रुपमा मञ्चमा उत्रिएका हुन् । चलचित्र रणबीरको एउटा गीतमा नृत्य कलाकारले सोही कार्यक्रममा नृत्य प्रस्तुत गरे । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनका तर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिए । धिमे वाजा सहित सुरु भएको फेशन शोको शुरुमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिईन् । गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशन सहित सो कार्यक्रममा१८ जना मोडलहरु ¥याम्पमा उत्रिएका थिए । गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भए । यस्तै सुनिल महर्जन र सुष्मा महर्जनले तयार पारेको गर्मी लक्षित जिन्सका स्कर्ट, वान पिस, टु पिस, हाफ पाईन्टमा सजिएर मोडलहरु अर्को सिक्वेन्समा प्रस्तुत भए । एस आर कलेक्सनका तर्फबाट प्रस्तुत गरिएको गाउन र विभिन्न फेशन डिजाईनरले तयार गरेको ढाकाको पहिरन सिक्वेन्स पनि फेशन शोको आकर्षण बनेको थियो । फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताईन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियँका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी र सिमा लगायतका मोडल ¥याम्पमा उत्रिएका थिए ।

सम्बन्धित खबरहरु