काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७५र७६ का लागि ल्याएको नीति तथा कार्यक्रममा तत्कमलीन वाम गठबन्धनको चुनावी घोषणापत्रमा रहेका लोकप्रिय तथा चर्चित नीति र कार्यक्रमलाई समावेश नगरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याउने र ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा छुटको व्यवस्था गर्ने वाम गठबन्धनको घोषणापत्रमा लेखिएको थियो । त्यसैगरी घर–घरमा बिजुली, जनजनमा सेयर नारा अघि सारिएको थियो । तर घोषणापत्रमा समावेश गरिएका सामाजिक सुरक्षा वृद्धि, पूर्वाधनर विकास, अन्तर्राष्ट्रिय सहयोगलगायतका थुप्रै चर्चित कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा परेका छैनन् ।

सम्बन्धित खबरहरु