काठमाडौ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज आफुले रातिमा नदेखि दिउसै देखेको सपना हो भनेका छन् । मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले ओलीले रेल र पानी जहाज मजाकमा नउडाउन आग्रह गरेका छन् ।‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनको भनाई । हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ प्रधानमन्त्री ओलीले भने । उनले रेल पनि बनाएर र पानी जहाजमा पनि चलाउने दाबि गरे ।  पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, निदाएको समयमा देखेको सपना हैन् । काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् । उनले अघि भने, हाम्रो रेलबाट ढुवानी गर्छौं । हामीलाई नपरेको बेला भाडामा पनि लगाउँछौं ।काठमाडौमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु गरिने बताए ।

सम्बन्धित खबरहरु