काठमाडौ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’को बयान सकिसकेको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको छ।अब केहीवेरमै थुनछेक बहस शुरु हुने जिल्ला अदालत, मोरङले जानकारी दिएको छ ।बयानका दिने क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो ।  

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा दर्ता गरिएको छ ।गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको आरोप लागेको छ ।

सम्बन्धित खबरहरु