काठमाडौ । संयुक्त विद्यार्थी संगठनले ११ औँ गणतन्त्र दिवसको अवसरमा आज विहान राजधानीमा प्रभातफेरी गरेर गणतन्त्र मनाएका छन् । गणतन्त्र ल्याउन ठूलो संघर्ष गरेका विद्यार्थी संगठनहरुले हरेक वर्ष जेठ १५ गतेलाई उत्सवको रुपममा मनाउँदै विभिन्न कार्यक्रम गर्दै गणतन्त्र दिवसलाई सम्झेका छन् ।विहान ७ बजे भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पदमोदय मोड, पुतलीसडक, बागबजार हुँदै शान्तिवाटीमा पुगेर सम्पन्न गरेका छन् भएको छ ।

प्रभात फेरीमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल छैठौ लगायत धेरै सख्यामा संगठनका नेता तथा कार्यकर्ताको सहभागीता रहेको देखिए ।२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको बैठकले राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । यहि दिनलाई नेपालमा गणतन्त्र दिवसका रुपमा मनाइँदै आइरहेका छौँ ।

सम्बन्धित खबरहरु