काठमाडौ । सरकारले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा गरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन द्धारा रुपन्देहीमा प्रदर्शन गरेको छ ।सजाय मिनाहा गरेको विरोधमा राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले राष्ट्रपति विद्यादेव भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएको छ । 

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउन लागेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरीएको हो । पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवि बस्यालले बताएका छन् ।

सम्बन्धित खबरहरु