भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने निर्णय गरेको छ । सरकारले विद्यालय शिक्षा स्थानीय तहलाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी स्कुललाई नै दिने निर्णय भएको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुनेछ । कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकहरुसँग बोर्डले छलफल गरेको थियो । परीक्षाको निर्देशिकाअनुसार प्रश्नपत्र तयारी र सोही अनुसार मोडल बनाएर अभिमूखिकरण पनि बोर्डले पुरा गरेको छ । अब विद्यालयपनि परीक्षा सञ्चालन गर्न सक्ने भएका छन् । हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा यही वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतिजा प्रकाशन गर्नेछन् । संविधानले नै विद्यालय शिक्षा (प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म) स्थानीय तहले व्यवस्थापन गर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित खबरहरु