काठमाडौंःस्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले परिवार नियोजनका साधनको सहि प्रयोगले महिला तथा बालबालिका सुरक्षित हुने बताएका छन । विश्व जनसंख्या दिवसका अवसरमा बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले भने,“प्रजनन स्वास्थ्य अधिकारलाई विश्वव्यापी रुपमा मानवअधिकारका रुपमा लिइएको छ, नेपालको संविधानले महिला हकअन्तर्गत प्रजनन स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेको छ ।” स्वास्थ्य सचिव डा पुष्पा चौधरीले परिवार व्यवस्थित गर्नको लागि सर्वसाधारण जनतासम्म सजिलै पहँच पुग्ने गरि सर्वसुलभ रुपमा परिवार नियोजनका साधन उपलब्ध गराउनु पर्नेका जोड दिइन । सन् १९८९ देखि जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । ‘परिवार नियोजन मानव अधिकार’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभर यो दिवस मनाइएको छ ।

सम्बन्धित खबरहरु