क्रोएसिया VS इङल्याण्ड : खेल अतिरिक्त समयमा धकेलियो, अब कसले जित्ला ?


काठमाडौ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्र्तगत इङल्याण्ड र क्रोएसियाबीचको खेल निर्धारित समयसम्म बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको छ । पहिलो हाफमा इङल्याण्डले अग्रता लिएको थियो । खेल शूरु भएको पाँच मिनेटमा नै कियरन ट्रिपियर गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । दोस्रो हाफमा क्रोएसियाले गोल फर्कायो । ६८ औ मिनेटमा क्रोएसियाका इवान पेरिसिक गोल गर्दै टोलीलाई बराबरी बनाए । विजेताले उपाधिका लागि आगामी आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्न दुबै टोली कडा मेहनत गरिरहेका छन् । हार बेहोर्ने टिमका लागि तेस्रो स्थानका लागि बेल्जियम खेलेर सान्त्वना जित हात पर्ने अवसर हुनेछ। सन् १९६६ को विश्वविजेता इंग्ल्यान्डले आधुनिक फुटबलमा सफलता हात पार्न सकेको छैन। सन् १९९० को सेमिफाइनलमा पुग्नु इंग्लिस टिमको ठूलो सफलता हो। क्रोएसियाको पनि उस्तै कथा छ । २० वर्षअघि सेमिफाइनलमा पुगे पनि क्रोएसियाले फाइनलमा स्थान बनाउन सकेन। अब इंग्ल्यान्ड र क्रोएसिया दुवै टिमका लागि आधुनिक फुटबलमा इतिहास लेख्ने मौका आएको छ। विश्वकप अघिको तयारीका आधारमा दुवै टिमका प्रशिक्षकले साँचो कुरा भन्ने हो भने सेमिफाइनल पुग्नु दुवै टिमका लागि ठूलो सफलता हो। यहाँसम्म आइपुग्दा दुवैले मिहिनेत र त्याग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्