अर्को महारथी विश्वविजेता इङल्याण्डलाईपनि गयो भूईचालो, इतिहास रच्ने सम्भावना बोक्दै क्रोएसिया


काठमाडौ । अर्को महारथी विश्वविजेता इङल्याण्डलाईपनि भूईचाला जाने सम्भावना बढेको छ । उपाधी हात पार्ने सपना टुट्ने संकेत देखिएको छ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्र्तगत इङल्याण्ड क्रोएसियासँग १ गोलले पछि परेको छ । खेल निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । पहिलो हाफमा इङल्याण्डले अग्रता लिएको थियो । खेल शूरु भएको पाँच मिनेटमा नै कियरन ट्रिपियर गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । दोस्रो हाफमा क्रोएसियाले गोल फर्कायो । ६८ औ मिनेटमा क्रोएसियाका इवान पेरिसिक गोल गर्दै टोलीलाई बराबरी बनाए । १०९ मिनेटमा मारियोले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । विजेताले उपाधिका लागि आगामी आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्न दुबै टोली कडा मेहनत गरिरहेका छन् । हार बेहोर्ने टिमका लागि तेस्रो स्थानका लागि बेल्जियम खेलेर सान्त्वना जित हात पर्ने अवसर हुनेछ। सन् १९६६ को विश्वविजेता इंग्ल्यान्डले आधुनिक फुटबलमा सफलता हात पार्न सकेको छैन। सन् १९९० को सेमिफाइनलमा पुग्नु इंग्लिस टिमको ठूलो सफलता हो। क्रोएसियाको पनि उस्तै कथा छ । २० वर्षअघि सेमिफाइनलमा पुगे पनि क्रोएसियाले फाइनलमा स्थान बनाउन सकेन। अब इंग्ल्यान्ड र क्रोएसिया दुवै टिमका लागि आधुनिक फुटबलमा इतिहास लेख्ने मौका आएको छ। विश्वकप अघिको तयारीका आधारमा दुवै टिमका प्रशिक्षकले साँचो कुरा भन्ने हो भने सेमिफाइनल पुग्नु दुवै टिमका लागि ठूलो सफलता हो। यहाँसम्म आइपुग्दा दुवैले मिहिनेत र त्याग गरेका छन्।

क्रोएसियाले नकआउट चरणका दुवै खेल पेनाल्टी सुटआउटमा जित्यो। क्रोएसियाले अन्तिम १६ मा डेनमार्क तथा क्वार्टरफाइनलमा आयोजक रसियामाथि पेनाल्टी सुटआउटमा जित निकालेको थियो। इंग्ल्यान्डले पनि विश्वकपमा पहिलो पटक पेनाल्टी सुटआउटमा जित निकाल्ने क्रममा स्विडेनलाई अन्तिम ८ को खेलमा हरायो। अब दुवै टिममा रहेका स्टार खेलाडीको काँधमा टिमलाई उपाधि नजिक पुर्‍याउने जिम्मेवारी आएको छ। क्रोएसियाको लक्ष्य इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनलाई रोक्नु हुनेछ। यसअघि समूह चरणमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीलाई रोकेको क्रोएसिया केनलाई पनि रोक्नेमा आसावादी छ। नकआउट चरणमा २ सय ४० मिनेट खेलेर अन्तिम चार पुगेको क्रोएसायको मुख्य समस्या समयमै गोल निकाल्न नसक्ने देखिएको छ। यद्यपी अहिलेसम्म ९ गोल गरेको क्रोएसियाका ८ फरक खेलाडीले गोल गरिसकेका छन्। जसले फरवार्डमाथि कम दबाब परेको थियो।

इंग्लिस टिममा सबै खेलाडी फिट छन्। प्रशिक्षक गारेथ साउथगेटका लागि उत्कृष्ट ११ खेलाडी छान्न कठिन पर्न सक्छ। फरवार्डमा अब्बल देखिएको इंग्ल्यान्डको चुनौती क्रोएसियाको मिडफिल्डरलाई रोक्ने हुनेछ। लुका मोड्रिड र इभान राकिटिकलाई रोक्न सके मात्र इंग्ल्यान्ड अघि बढ्ने देखिन्छ। त्यसलै जारी विश्वकपमा इंग्ल्यान्डको वास्तविक परीक्षा क्रोएसियाविरुद्ध हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्