अर्को महारथी विश्वविजेता इङल्याण्डकोपनि उपाधी चुम्ने लक्ष्य टुट्यो, इतिहास रच्दैै क्रोएसिया फाइनलमा


काठमाडौ । अर्को महारथी विश्वविजेता इङल्याण्डकोपनि विश्वकप २०१८ को उपाधी चुम्ने लक्ष्य टुटेको छ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अन्र्तगत इङल्याण्ड र क्रोएसियाबीच भएको खेलमा २–१ गोलले पराजित भएसँगै उपाधी चुम्ने लक्ष्य तुहिएको हो । इङल्याण्डलाई जितेर क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनल खेल्ने इतिहास रचेको छ । अब क्रोएसिया उपाधीका लागि फ्रान्ससँग भिड्नेछ भने इङल्याण्ड सान्तोना तेस्रो स्थान निकाल्न बेल्जियमसँग भिड्नेछ । खेल निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । पहिलो हाफमा इङल्याण्डले अग्रता लिएको थियो ।

खेल शूरु भएको पाँच मिनेटमा नै कियरन ट्रिपियर गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाए । दोस्रो हाफमा क्रोएसियाले गोल फर्कायो । ६८ औ मिनेटमा क्रोएसियाका इवान पेरिसिक गोल गर्दै टोलीलाई बराबरी बनाए । १०९ मिनेटमा मारियो मंडज़ुकिकले गोल गर्दै क्रोएसियालाई जित दिलाए । सन् १९६६ को विश्वविजेता इंग्ल्यान्डले आधुनिक फुटबलमा सफलता हात पार्न सकेको छैन। सन् १९९० को सेमिफाइनलमा पुग्नु इंग्लिस टिमको ठूलो सफलता हो । क्रोएसियाको पनि उस्तै कथा थियो । २० वर्षअघि सेमिफाइनलमा पुगे पनि क्रोएसियाले फाइनलमा स्थान बनाउन सकेन। यो नै पहिलो फाईनलमा पुगेको इतिहास हो । यो क्रोएसियाका लागि आधुनिक फुटबलमा इतिहास लेख्ने मौका हो ।

क्रोएसियाले नकआउट चरणका दुवै खेल पेनाल्टी सुटआउटमा जित्यो। क्रोएसियाले अन्तिम १६ मा डेनमार्क तथा क्वार्टरफाइनलमा आयोजक रसियामाथि पेनाल्टी सुटआउटमा जित निकालेको थियो। इंग्ल्यान्डले पनि विश्वकपमा पहिलो पटक पेनाल्टी सुटआउटमा जित निकाल्ने क्रममा स्विडेनलाई अन्तिम ८ को खेलमा हरायो। अब दुवै टिममा रहेका स्टार खेलाडीको काँधमा टिमलाई उपाधि नजिक पुर्‍याउने जिम्मेवारी आएको छ।

यसअघि समूह चरणमा अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीलाई रोकेको क्रोएसिया केनलाई पनि रोक्नेमा आसावादी थियो । नभन्दै नतिजा त्यही भयो । नकआउट चरणमा २ सय ४० मिनेट खेलेर अन्तिम चार पुगेको क्रोएसायको मुख्य समस्या समयमै गोल निकाल्न नसक्ने देखिएको छ। यद्यपी अहिलेसम्म ९ गोल गरेको क्रोएसियाका ८ फरक खेलाडीले गोल गरिसकेका छन्। जसले फरवार्डमाथि कम दबाब परेको थियो।

प्रतिक्रिया दिनुहोस्