इङल्याण्डलाई हराएपछि विश्वकै सुन्दरी क्रोएसियाली राष्ट्रपतिले दिइन् यसरी दिल


काठमाडौ । विश्वकै सुन्दरी राजनेताको छवि बनाएकी क्रोएशियाकी पहिलो महिला राष्ट्रपति कोलिंडा ग्रेबर कित्रोविक आफ्नो फुटबल टोलीलाई दिल दिएकी छन् । आज इङ्लयाण्डसँग भएको सेमिफाईनल खेलमापनि आफ्नो टोलीले जितेपछि अब खेलाडीहरुका लागि अरु कुनै अभाव नबनाउने घोषणा गर्दै आफ्नो दिल नै दिएको दावी गरिन् । आजपनि खेलाडीलाई हौसला दिन उनी रंगशाला पुगेकी थिएन् । भीभीआईपी भएरपनि आम नागरिकले लगाउने जर्सी लगाएर दर्शकदिर्घामा पुगिन् । विश्व कपमा आफ्नो टीमको समर्थनका लागि उनी प्लेनकोपनि इकोनोमी क्लासमा बसेर आईन् । जबकि उनका लागि जतिपनि चार्टर प्लेनको व्यवस्था हुन सक्थ्यो । यतिमात्र हैन यसअघि उनले दर्शकदिर्घामा बसेर घुलमिलहुँदै सेल्फी समेत खिचाईन् । उनका केही बिकनीवाला तस्विर अहिले सोसियल मिडियामा भइरहल भइरहेका छन् । तस्विर समुन्द्रीक तटमा मस्‍ती गरिहेको देखिन्छन् । क्रोएशिया समेत दुनियाँभरका सोशल मीडियामा यूजर्स कोलिंडाका फोटोहरु शेयर भइरहेका छन् । उनले विश्वकै हट राजनेताको रुपमा आफुलाई पस्किएको भन्दै सकारात्मक प्रतिक्रियापनि आइरहेका छन् । उनी यी तस्विरले मात्र हैन । विश्वकपको दौरानमा आफ्नो टोलीको समर्थनमा रसिया पुगेको समाचारपनि भाइरल बनिरहेको छ । उनी सामान्य नागरिक जस्तै जर्सी लगाएर दर्शकदिर्घामा बसेको समाचार भाइरल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्