कल्पना (प्रसाई) पाठक /
रातैभरी भट्टी भित्र पिएर पो बिग्रीएँ म
ग्लास भरी तिम्रै नसा थिएर पो बिग्रीएँ म

हेर्दा हेर्दै रित्तीएका प्यालाले जिस्कॉउदै गर्दा
कोमल हातको त्यो स्पर्श लिएर पो बिग्रिएँ म

फूल पनि लजाउथ्यो तिम्रो रुप हेरी हेरी
पराई हातमा चोखो मायाँ दिएर पो बिग्रीएँ म

अस्ति सम्म चोखो वदन छुनै आँट गर्दैन थिए
चौतारीको मादल भई खिएर पो बिग्रिएँ म

ईशारा त उनले पनि धेरै चोटी गरेकै हुन
लथालिगं जीवन एक्लै जिएर पो बिग्रीएँ म

सम्बन्धित खबरहरु