काठमाडौ । क्रोएशियाकी पहिलो महिला राष्ट्रपति कोलिंडा ग्रबर किटारोविक फिफा विश्वकपको उपाधि आफ्नै कार्यकालमा चुम्ने सपना चकनाचुर भएको छ । फ्रान्ससँग उनको टोली ४–२ गोलले पराजित बनेको छ । यस्तो बेला उनी के गरिरहेकी छिन् । सबैको चासोको बिषय हो । उनी फाईनल खेल हेर्न रसियाको रंगशालामा पुगेकी थिइन् । उनले त्यहाँ प्रत्यक्ष फुटबल हेरिन् । उनी र फ्रान्सका राष्ट्र प्रमुखसँगै बसेर हेरेको तस्विर बाहिर आएको थियो । यो अघि उनले आयोजक देश रसियाका राष्ट्र प्रमुखसँग भेटेर फुल र जर्सी साटासाट गरेकी थिइन् ।


विश्वकप २०१८ को उपाधि फ्रान्सले चुम्यो, ४–२ ले पराजित हुँदै क्रोएसिया बन्यो उपविजेता

काठमाडौ । फिफा विश्वकप २०१८ को उपाधि पूर्व विश्व विजेता फ्रान्सले चुमेको छ । क्रोएसियासँग भएको फाइनल खेलमा ४–२ ले विजयी हुँदै उपाधीमाथी कब्जा जमाएको हो । पराजित हुँदै क्रोएसियाले उपविजेतामा चित्त बुझाएको छ । खेलको १८ औ मिनेटमा फ्रान्सले अग्रता लिएपछि खेल झनै तातिएको थियो । फ्रान्सलाई क्रोएसियाले गोल फर्काएपछि खेल १–१ गोलको बराबरी भएको थियो । त्यसपछि खेल झनै तातियो । १८ औ मिनेटमा फ्रान्सका मारियो मंडज़ुकिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । २८ औ मिनेटमा क्रोएसियाका इवान पेरिसिक गोल फर्काए । तर खेलमा फ्रान्सका खेलाडीले हातले छोएपछि फ्रान्सले पेनाल्टीको अवशर पायो । अवशर सदुपयोग गर्दै फ्रान्सका एंटोनीले गोल गरे । फेरी ५९ औ मिनेटमा फ्रान्सका पॉल पोगबा गोल गर्दै टीमलाई ३–१ को अग्रता दिलाए । ६५ मिनेटमा क्यालियन अम्बाप्पेले गोल गर्दै टीमलाई ४–१ को अग्रता दिलाए । ६९ औ मिनेटमा क्रोएसियाका मारियोले गोल फर्काए र टोलीलाई दोब्बर अग्रतामा समेटेका छन् । अहिले खेल ४–२ गोलको अवस्थामा छ ।

सम्बन्धित खबरहरु