काठमाडौंः भारतमा एक कहालिलाग्दो घटना भएको छ । भारतको झारखण्ड राज्यमा नरेश अग्रवाल सहित परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन । हजारीबागको प्रहरी उप निरीक्षक पंकज कमबोजले उनीहरूको पोस्टमार्टम सम्पन्न भएको र प्रहरीले पोस्टमार्टम रिपोर्टको प्रतिक्षामा रहेको बताएका छन । यो आत्महत्या नैं थियो वा हत्या भन्ने कुरामा अहिलेसम्म कुनै ठोस सबुत नमिलेको प्रहरीले जनाएको छ । यद्यपि, घटनास्थ्लमा भेटिएको आत्महत्या पत्रमा लेखिएको छ उनीहरुले आफैंले आत्महत्या गरेका हुन । तर हत्या भएका मध्य २ जना बच्चाहरुको घाँटी रेटेर,भने दुई जनाको पाँसी लगाएर,अर्को एकजनाको घरको छतबाट खसेर र एकजनाको विष पिलाएर हत्या भएको जनाइएको छ । उनीहरु व्यापारी भएको र ऋण तिर्न नसकेर आत्महत्या गरेको हुन सक्ने जनाइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी उप निरिक्षक कमबोजले जानकारी दिएका छन । बिबिसीको सहयोगमा

सम्बन्धित खबरहरु