आईतबार ९ असोज, २०७९

काठमाडौं । दुई बालिका बलात्कृत भएका छन् । सल्यान, जिल्लामा १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जानकारी अनुसार दुवै बालिकाहरूलाई विवाहको प्रलोभन देखाएर बलात्कार गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो कुराको खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बालिकामाथि कालीमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी र २० वर्षीय मेघराज थापाले विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको उजुरी परेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरको त्रिज माविमा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको खुलासा भएको छ ।

प्रहरीका अनुसार विवाह गर्ने प्रलोभनमा बलात्कार गरेपछि दुई बालिकालाई जङ्गलमा छाडी दुवै जना फरार भएका थिए । आरोपित छविलाल गिरीलाई पक्राउ परेका छन् । घटनामा संलग्न अर्का आरोपित थापाको खोजी भरहेको छ ।