मङ्गलबार १८ असोज, २०७९

काठमाडौं । फेसबुकमा ‘मेयर र उपमेयर’ का बारेमा भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत बिर्तामोडका मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गलत भ्रम फैलाएको आरोपमा बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमली पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार उनलाई नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले जानकारी गराउनुभयो ।

प्रहरीका अनुसार बिमलीलाई आइतबार दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका लागि बिमलीलाइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

उनले शनिबार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर मेयर उपमेयर हराएको भन्दै फेसबुकमा सूचना पोष्ट गरेका थिए । जानकारी अनुसार बिमली दमकमा आइटी अध्ययन गर्दै आएका विद्यार्थी भएको खुल्न आएको छ ।