विद्यार्थी भिसामा गएर धेरै काम गरेपछि अष्ट्रेलियाले प्रतिबन्ध लगायो
काठमाडौं । अष्ट्रेलियामा न्यूनतम श्रम लागत झण्डै तीन हजार रुपैयाँ अर्थात २२ अमेरिकी डलर प्रति घण्टा छ । सोहीकारण नेपाल, भारत जस्ता देशहरूबाट विद्यार्थी भिसामा गएर त्यहाँ काम गर्नेहरूको संख्या बढ्दो छ । यसबीच अष्ट्रेलियाका धेरै विश्वविद्यालयहरूले भारतका ४ राज्य र केन्द्र शासित जम्मु कश्मीरका विद्यार्थीमाथि प्रवेश प्रतिबन्ध लगाएका छ ।
अष्ट्रेलियाको समाचार पत्र सिड्नी मर्निङ हेराल्डका अनुसार अष्ट्रेलियाका दुई प्रमुख विश्वविद्यालयहरूले गत हप्ता आफ्ना शिक्षा एजेन्टहरूलाई यसबारे पत्र लेखेका थिए । प्रतिबन्ध लागेका राज्यहरूमा पञ्जाब, हरियाणा, उत्तराखण्ड, उत्तर प्रदेश र जम्मू कश्मीरका विद्यार्थी रहेका छन् ।
उनीहरूलाई भर्ना नगर्न निर्देशन दिइएको छ । अष्ट्रेलियाको गृह मामिला विभागले कश्मीर सहित यी चार राज्यका विद्यार्थीहरूको भिसा आवेदन लगातार अस्वीकार गरिरहेको छ । गत महिना अष्ट्रेलियाका ४ विश्वविद्यालयले भारतीय विद्यार्थीमाथि विद्यार्थी भिसाको दुरुपयोग गरेको आरोप लगाएका थिए ।
विद्यार्थी भिसा लिएर पढ्नुको सट्टा रोजगारीमा व्यस्त हुने गरेको आरोप विद्यार्थीमाथि लागेको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अष्ट्रेलियाको भ्रमण गर्नुभएको थियो ।