२०८१ बैशाख ६ गते बिहिवार | 2024 April 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ढाकाकुमारलाई तीन करोडको कुरा पुष्टि गर्न ढकाल र अर्यालको चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठको आरोपलाई लिएर पार्टी बोलेको छ । पार्टी महामन्त्री मुकुल ढकाल र उपसभापति डीपी अर्यालले पैसा मागेको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत दुवै जनाले तीन करोड मागेको आरोप मनगढन्ते भएको बताउँदै कानुनी उपचार खोज्ने चेतावनी पनि दिएका छन् ।

महामन्त्री ढकाल लेख्छन्, ‘केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ ।’ उनले अगाडि भने, ‘यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ ।’

साथै, आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गरि मुद्दा दर्ता गर्ने कुरा पनि स्पष्ट पारिएको छ । अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने घोषणा पनि उनीहरूले गरेका छन् । अर्यालले पनि खबर मनगढन्ते भएको बताउँदै खारेज गरेका छन् । त्यसबारे खण्डन गर्न स्वयम् श्रेष्ठलाई आग्रह गर्दै खबरको स्रोतको पुन: परीक्षण गरी गल्ती सच्याउन उनको अनुरोध छ ।

उनले भनेका छन्, ‘यसो नभएमा अरूको चरित्र हत्या गर्ने गरी कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशकविरुद्ध उचित कानुनी उपचार समेत खोजिने कुरामा सचेत समेत गराउन चाहन्छु । साथै, सो खबरबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एव हाम्रा शुभेच्छुक हरूलाई अनुरोध गर्दछु ।’

श्रेष्ठले सुरुमा महामन्त्री मुकुललाई पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा एक करोड बुझाएको बयान दिएका थिए । त्यसपछि कार्यालयमै गएर अर्याल र ढकाललाई थप एक करोड ८४ लाख दिएको समाचार बाहिर आएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस