२०८१ मङ्सिर २२ गते शनिवार | 2024 December 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फूलमाला र सुरक्षा सहित जेलबाट छुटेपछि रेशम चौधरीको २०८४ मा प्रधानमन्त्री बन्ने उद्घोष

काठमाडौं । रेशम चौधरी (Resham Choudhary’s) ले आफूहरूले ‘मिसन २०८४’ थाल्ने उद्घोष गर्नुभएको छ । डिल्लीबजार कारागारबाट छुटेपछि उहाँले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताउनुभयो । ‘अभियान २०८४ ले यो देशको नेतृत्व गर्ने मुलुकको बागडोर सम्हाल्छ । नागरिक उन्मुक्ति पार्टी प्रधानमन्त्री बन्छ’, उहाँले भन्नुभयो ।

रेशमले नयाँ सोचका साथ जातीयवादी सोचमात्र नभई सबै नेपालीको पहिचानका लागि लड्ने बताउनुभयो । उहाँले देश बनाउन कानून, संविधानदेखि संरचना पुनरावलोकन हुनुपर्ने बताउनुभयो । ‘हामी राजनीतिमा होमिएका नेता हौं । देश बनाउन कानून, संविधान, न्यायालय, सुरक्षाकर्मी सबै कुराको पुनरावलोकन हुनुपर्छ’, उहाँले भन्नुभयो ।

सिमेन्टका पिलर नहुँदा सीमामा सालका ठूटा गाडेका थारुहरू असली भूमिपूत्र भएको भन्दै आफूहरूमाथि विभेद गरिएको गुनासो उहाँको थियो । उहाँले टीकापुर घटनालाई सयौंले नियालेको बताउँदै आफू र आफ्नो सम्पत्तिमाथि पनि क्षति पुगेको बताउनुभयो । उहाँले अब फर्किएर बदलावको भावना नभई समाज मिलाउने सपनाका साथ अघि बढ्ने बताउनुभयो । ‘टीकापुरमा मेरो घर, एफएम, रिसोर्ट जलाइयो । साढे ३ सयजतिको फोटो मसँग छ ।

उहाँहरू बुद्धिजिवी हुनुहुन्छ । उहाँहरूलाई कारबाही गरूँ त ? यसको मतलब म रिहा भएपछि तुरुन्त फर्किएर बदला लियौं भन्ने होइन । हाम्रो परिवारमा तीनजना मन्त्री सांसद भयौं । समाज मिलाउने दायित्व हाम्रो हो । जाडोघाम मिलाएर बस्नुपर्छ । त्यो समाज मिलाउन हाम्रो दायित्व हो । टीकापुर बनाउने मेरो सपना हो । टीकापुर बन्नुपर्छ’, उहाँले भन्नुभयो । रेशमले टीकापुरलाई छुट्टै जिल्ला बनाएर अघि बढ्ने आफ्नो अवधारणा सुनाउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस