२०८१ साउन ६ गते आइतवार | 2024 July 21st Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जुरोमाथी भगवान गणेश र शिव विराजमान गोरु देखेर सडकका मानिसहरु चिच्याउन थाले

काठमाडौं । दुनियाँमा अनेकौं खालको सृष्टि छ । पत्यार गर्नपनि मुस्किल घटना भइरहेका हुन्छन् । थाइल्याण्डको एक सहरमा अचानक जुरोमाथी भगवान गणेश र शिवको आकृतिमा थप दुई वटा खुट्टा भएको गोरु देखियो । मानिसहरु चकित भएर चिच्याउन थाले ।

संसारभरका पर्यटकहरू पुग्ने उक्त स्थानका स्थानीय ४१ वर्षका मिस्टर बुइ मिप तुयापको गोठमा यस्तो गोरु हुर्किएको थियो । गोरुका मालिकले भने कि करिब एक वर्षअघि उनको परिवारले यो गोरु घरमा ल्याएका हुन् । यो गोरुको उमेर २० महिना भयो । तौल लगभग २०० किलोग्राम छ । यो गोरु समयभन्दा छिटो जन्मिएको थियो । जन्मिदा सामान्य अवस्थामा नै थियो । तरपछि दुई वटा खुट्टा थपिदै गए । पहिलेपनि सेतो रंगको गौमाता यस्तै भेटिएको थियो ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस