२०८३ असार ३ गते बुधवार | 2026 June 17th Wednesday

रवि लामिछाने कार्यकर्तालाई हात हाल्ने युवराज सफल बानेश्वरमा कुटिए

काठमाडौं । रवि लामिछानेका कार्यकर्ता एवम् अधिवक्ता यज्ञमणि न्यौपानेलाई हात हालेका युवराज सफलले काठमाडौंको नयाँ बानेश्वरमा कुटाई खाएका छन् । सोम शर्मा, विप्लव खड्कालगायतको समूहले सफललाई नयाँ वानेश्वरमा कुटपिट गरेको हो । स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए ।

त्यो समुहले जिस्काएपछि सफल जंगिएको र आक्रोशित भिडले आक्रमण गरेको भिडियो नै बाहिर आएको छ । प्रहरीले खड्कालगायत केहीलाई नियन्त्रणमा लिएको छ । पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेका सफल सामाजिक सञ्जालमा भाइरल छन।

सोही विषयमा हालै भएको एउटा अन्तरवार्तामा रवि लामिछानेका कार्यकर्ता यज्ञमणि न्यौपानेले उनलाई अदृष्य शक्तिबाट परिचालित भएको आरोप लगाएका थिए। त्यसपछि आक्रोशित भएका सफलले अन्तरवार्ताकै क्रममा न्यौपानेलाई हात हाले। उनले परिचालित नभएको प्रमाण नपुर्याए कार्यक्रमबाट वाहिर जानै नदिने चेतावनी समेत दिएका थिए।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस