२०८१ साउन ९ गते बुधवार | 2024 July 24th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यो बर्षपनि करका दर चुहाएर राज्यलाई अर्बौं घाटा, अर्थमन्त्री र मन्त्रालयले स्वीकारे

Prakash Saran Mahat

काठमाडौं । आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरबदल गर्दा एकजना पूर्व नायव सुब्बालाई प्रयोग गरिएको अर्थमन्त्री र मन्त्रालयले स्वीकार गरेका छन् । केही व्यापारिक घरानासँग निकट मानिएका र अघिल्ला बजेटमा पनि उनीहरूको स्वार्थअनुकूल करका दर हेरफेरमा संलग्न रहेका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई करको दर फेरबदलमा सहभागी गराएको मन्त्री डा. प्रकाशशरण महतले स्वीकार्नुभयो । त्यसमै बल पुर्‍याउँदै अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि श्रेष्ठलाई ‘अनुभव र दक्षता’ का आधारमा प्रयोग गरिएको दाबी गर्नुभयो ।

मन्त्रालय र मन्त्रीको यो स्वीकारोक्तिसँगै अर्थ मन्त्रालयमा कसरी व्यापारिक घराना निकट व्यक्तिको सहभागिता कयौं वर्षदेखि हुँदै आएको थियो भन्ने नयाँ तथ्य उजागर भएको छ । ‘विज्ञ’ का रूपमा उपयोग गरिएका श्रेष्ठले व्यापारिक घरानाको इसारामा उनीहरुले भने अनुसार करका दर हेरफेर गरेर लाभ लिएको विपक्षी दलहरुको आरोप छ ।

उहाँ वर्षौंदेखि बजेट लेखनमा सहभागी हुनुहुन्छ । एउटै व्यक्तिलाई हरेक वर्ष प्रयोग गर्नुपर्ने र अवकाश पाउँदासम्म उहाँको विकल्पमा कुनै अर्को दक्ष व्यक्ति तयार नहुने अवस्था कसरी आयो ? यदि उहाँ एउटा टाइपिष्ट मात्रै हो भने पूरै राज्यसंयन्त्र र अर्थमन्त्रालयसँग त्यस्ता बहालवाला टाइपिस्ट छैनन् ? जसलाई कानुनतः जिम्मेवार बनाउन सकिएन यी कयौं प्रश्न जन्मिएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस