२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

जानकीलाई भारतीय छोरी भनिएको फिल्म ‘आदिपुरुष’लाई नेपाली सेन्सर बोर्डले दियो प्रदर्शन अनुमति

काठमाडौं । नेपालको सेन्सर बोर्डले दक्षिण भारतीय पुरुष ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ। शुक्रबारदेखि राजधानीका हलहरुमा लाग्ने उक्त सिनेमाले बिहीबार बेलुकी करिब ८ बजेमात्र प्रदर्शन अनुमति पाएको हो।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यांश हटाएपछि बल्ल ‘आदिपुरुष’ले प्रदर्शन अनुमति पाएको हो। काठमाडौँ महानगरका प्रमुख बालेन शाहले उक्त फिल्मको विवादास्पद संवाद परिवर्तन नगरे काठमाडौँमा प्रदर्शन गर्न नदिने अडान लिएका छन्।

यद्यपि उनको अडानबमोजिम फिल्मका विश्वभरिका कपीहरुबाट उक्त संवाद हटाइएको होइन। नेपालमा प्रदर्शन गरिने कपीमा मात्र उक्त संवाद हटाइएको छ। बालेनले भारतमा समेत उक्त विवादित वाक्य तीन दिनभित्र नहटाए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरमा प्रदर्शन गर्न अनुमति नदिने अडान लिएका छन्। प्रभास र कृति सेननको प्रमुख भूमिका रहेको ‘आदिपुरुष’ रामायणको कथामा आधारित रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस