२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

प्रधान न्यायाधीशमा सिफारिस हरिकृष्ण कार्की विरुद्ध अधिवक्ता अमृत खरेलले दिए प्रमाणसहित ३६ पेजको उजुरी

काठमाडौं । प्रधान न्यायाधीश पदका लागि सिफारिस हुनुभएका हरिकृष्ण कार्की विरुद्ध अधिवक्ता अमृत खरेलले प्रमाणसहित ३६ पेजको उजुरी दिनुभएको छ । उहाँले उजुरी पत्रमा लेख्नुभएको छ, त्यस समितिले नेपालको प्रधान न्यायाधीश पदका लागि सिफारिस हुनुभएका प्रस्तावित उम्मेदवार श्री हरिकृष्ण कार्कीको विरुद्धमा कुनै पनि सुचना उजुरी भए इमेल ठेगाना मार्फत् पनि मिति २०८०।२।२६ गते कार्यालय समय भित्र उजुरी दर्ता गर्न सकिने व्यहोराको सूचना प्रकाशन गरे बमोजिम मैले निज विरुद्धको उजुरी पाना १३ तथा संलग्न कागजातहरु समेतको पोर्टेबल डकुमेन्ट फाइल पिडीएफ कपी यसै इमेलसाथ संलग्न गरी उजुरी दायर गरेको छु। यस इमेलमार्फत् दायर उजुरीलाई दर्ता गरी दर्ता नं समेत मेरो इमेल ठेगानामा उपलब्ध गराई पाऊँ भनी सादर अनुरोध गर्दछु।

पूरा विवरण हेर्नुहोस्

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस