२०८२ मङ्सिर ३० गते सोमवार | 2025 December 15th Monday

आज यी स्थानमा भीषण वर्षा, साना तथा ठूला नदीमा बाढी आउन सक्ने

weather forecast nepal today

काठमाडौं । आज कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा भीषण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन देशभर फैलिएसँगै आज विहानै देखि देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

लगातार परेको वर्षाका कारण देशका साना तथा ठूला नदीको बहाब बढेर बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन पनि जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) , रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, बाँके, बर्दीया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने तथा केही ससाना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहने पूर्वानुमान रहेकाले सो क्षेत्र भई वहने नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउ महाशाखाले अनुरोध गरेको छ।

त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर,संखुवासभा, औखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र म आसपासका केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने पनि महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस