२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

६ जना सवार स्कारपियो रूपन्देहीको तिलोत्तमामा भयानक दुर्घटना

accident

रूपन्देही । रूपन्देहीको तिलोत्तमामा शनिबार राति सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका( ३ शान्तिकुञ्जमा भएको त्यस दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ।

दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका–८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते हुनुहुन्छ । उहाँहरू पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस