२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभई मुटुको चाल मनिटरिङ सुरु गरिएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उहाँ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएको छ ।

हाल स्वास्थ्य स्थिर रहेको र मुटुको चाल मनिटरिङ भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस