२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

उडिरहेको कोरियन एयरको जहाजमा चुरोट सेवन, त्रिभुवन विमानस्थल ओर्लिनेवित्तिकै झापाका पुरी पक्राउ

काठमाडौं । उडिरहेको जहाजभित्र चुरोट सेवन गर्ने एक जना पक्राउ परेका छन्। दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेवित्तिकै पुरीलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो। पुरीले उडिरहेको जहाजको ट्‍वाइलेटमा चुरोट सेवन गरेका थिए। चुरोट सेवन गरेको पाइएपछि पाइलटले काठमाडौंमा रहेको एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई खबर गरेका थिए। एटिसीले लगत्तै विमानस्थल प्रहरीलाई खबर गरेको थियो। प्रहरीले विमान अवतरण नहुँदै नियन्त्रका लागि तयारी अवस्थामा रहेको थियो । विमान आउनासाथ उनलाई पक्रिए प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस