
इटहरी। देशको सिंहदरबार गाउँगाउँमा भन्ने नाराको अनुभुति सबै ठाउँका जनताले गर्न पाएका छैन् । जनप्रतिनिधि आफ्नो सेवा सुविधाको बारेमा मात्र ध्यान दिएका समाचार आइरहेका बेला इटहरी उप-महानगरपलिका वडा नम्बर ७ का वडा सदस्य दिपक घिमिरे अपवाद हुन । उनी जनताको रहेक दुख सुखमा साथ दिँदै आएका छन् । लोकप्रिय छवि बनाएका वडा सदस्य घिमिरेले गरेको कामको अहिले सबैले प्रशंसा गरेका छन् ।
चुल्हो देखि चिता सम्म जनप्रतिनिधि को सहयोग
रबिन राई इटहरि उपमहानगरपालिका वडा नं सातका स्थाइ बासिन्दा जो सुकुम्बासी हुन र उनको पारिवार ज्याला मझदुरी गरेर जेनतेन चलिरहेकै थियो तर दैबको लिला भनौ वा भाबिको लेखान्त उनीलाई बिगत केहि अघि श्रीमतीले छोडेर हिडीन् त्यसपश्चात परिवारको बिछोड बाट पिडामा परेका रबिन राइ क्रमस: छोराछोरीले समेत छाडेर हिँडे अब उस्को साहरा कोहि भएन कैले खाने कैलेभोकै बस्ने भएको कारण दिनप्रतिदिन उनको स्वास्थ्यमा प्रतिकुल असर पर्दै गयो त्यसपश्चात उनी जण्डिसको सिकार बने गाउँघरका स्थानीय साथीहरूले केही आर्थीक सहयोगगरे र औसधि उपचार भयो तर उनी बिरामी परेको कारण काममा फर्कन सकेनन्न र उनिलाई बिहान बेलुकाको हातमुख जोड्न पनि कसैलाई गुहार माग्नुपर्ने अबस्थामा पुगे त्यसैबेला यसै वडाका युवा जनप्रतिनिधि दिपक घिमिरेको नजर त्यस घरमा पुग्यो रोग र भोकले छट्पटीरहेका उनलाई परोपकारि साथै गरिब, दुखि,जेष्ठनागरिक,अशक्त ,असाहय हरुका मनमुटुमा बसेका सबैका प्रिय युवाहरुका ढुकढुकि इटहरी उप-महानगरपालिका वार्ड नं ७ का जनप्रतिनिधि दिपक घिमिरे ले निज रबिनलाई बोलाएर यो सामाग्री दिनुहै कस्ले दियो भन्ने चाँही नखुलाउनु भन्नु भएको थियो तर मेरा पत्रकारिता को धर्म ले योकुरा लेख्नैपर्छ भन्ने लाग्यो र लेख्ने जमर्को गरेँ यस्तो सहयोग उहाँले धेरैलाई गर्ने गरेको स्थानीय अगुवा हरु बताउँछन तर उहाँ उनि अगाडी आउन चाहँदैनन् यो उनको बिषेसता होला तर यस्ता सामाजिक तथा परोपकारि मनका धनी इटहरी उपमहानगरपालिका वडानं ७ का युवा जनप्रतिनिधि एक उदारणिय पात्र हुन्। उनीबाट अन्य ठाउँका जनप्रतिनिधि ले सिक्न जरुरि छ कि राजनीति समाज सेवा हो भनेर।
त्यस्तै यहि असार १९ गते ह्रिदयघातका कारण मृत्युुवर्ण गरेका ईटहरि ७ कै दलित समुदायका एक बिपन्न ब्यक्तिलाई नगरपालिकाका नगरप्रमुखलाई धेरै अनुरोध गर्दा पनि खोलाछुट नदिएपछि मृत्युु संस्कारमा लाग्ने दाउरा र त्यसको सरसफाइ सबै कुरा उनै युवा जनप्रतिनिधिले आफ्नो ब्याक्तिगत खर्चबापत सहयोग गरेका थिए।
साथै वडा नं ७ कै लक्ष्मि माध्यमिक बिध्यालयमा पंखाको समस्या देखि पटकपटक नगर शिक्षा साखालाइ ताकेतागरेका उन्ले त्यहाँबाट सन्तोषजनक समाधान हुननसके पछि उनी आवद्ध सामाजिक संस्था लायन्स क्लब अफ इटहरी स्माटसिटिमा साथीहरूलाई कुराराखि क्लबको तर्फबाठ १० थान दिवाल पंखा लक्ष्मी माबिका प्रधानअध्यापक प्रभुनारायण चौधरीलाई स्कुलमै क्लबका साथीहरूलाई बोलाई पंखा हस्तान्तरण गराएका थिए।
यस सम्बन्धमा हामीले उनीसँग बुझ्न खोज्दा उनले चुनावको क्रममा आफू जिते कुनै तलब, भत्ता र सेवासुविधा नलिई उक्त रकम सामाजिक सेवामै खर्च गर्ने प्रतिबद्धता गरेको र सोही पूरा गरेको प्रतिक्रिया दिए। उनले आफुले प्राप्त गर्ने नियमित तलब सबै समाज सेवामा खर्च गर्ने गरेको सुनाए।
हाम्रो समाजमा महान् र उदाहरणीय काम गर्ने समाजसेवीको संख्या बढ्दै गएको unle । हृदयको ढोका बन्द गरेर सम्पत्ति कमाउने मात्र चाहना बोकेकाहरुको त कुरै नगरौं, तर आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, पाटीपौवा, सामुदायिक भवन, विद्यालय, चौतारी र विश्रामगृह बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो । हाम्रो समाजमा पनि मन्दिर निर्माणदेखि अशक्त, असहायहरुलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने संघ–संस्था तथा व्यक्तिहरुको संख्या हरेक दिन बढिरहेको छ । सामाजिक सञ्जालहरुमा तस्वीर अपलोड गरिरहेका कथित समाजसेवीहरुको संख्या पनि बढिरहेको आजको अवस्था हो । हृदयदेखि नै समाजसेवा गर्नेहरुले जनताको विश्वास र माया बटुलेका छन् । समाजसेवाका नाममा व्यावसायिक उद्देश्य पूरा गर्ने हेतुले गठित संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएको छ । जीवनको परिभाषा मानिस अनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर बुझ्छन् भने कसैका लागि प्रसिद्धिको अर्को नाम ।
निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । संघ–संस्थामा आबद्ध बनी दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवीहरु भन्छन्– आत्मसन्तुष्टी र खुशी । उनीहरु भन्छन्– सम्पत्तिवानहरु अकुत धनदौलतको सिरानी हालेर निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ । जीवनको मुख्य लक्ष्य र प्राप्ति के हो ? खुशी, शान्ति र आनन्द । समाजसेवाबाट समाजसेवीले त्यही प्राप्त गरिरहेका छन् । भोलिको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । भविष्यप्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ ।
इटहरी ७ का जनप्रतिनिधि वडा सदस्य दिपक घिमिरे त्यसै जो बिगत देखि वर्तमान सम्म सधै समाजसेवामा लागिरहेका छन् चर्चामा आइरहन्छन। पछिल्लो समय उनको चर्चा झनै चुलिएको छ। कारण हो आफुले जनप्रतिनिधि भए वापत सरकार बाट प्राप्त गर्ने सम्पूर्ण रकम समाज सेवामा खर्च गरिरहेका छन्। यसै क्रम मा पछिलो समय उनले गरेका सामाजिक कार्य हरु हेरौं
शिव पार्वती टोल मा रहेको जेष्ठ नागरिक चौतारीमा बन्नको निम्ति १ दर्जन कुर्सि उपलब्ध गराएका उनले जेष्ठ नागरिक लाई निसुल्क चिया खाजाको लागि तयारी गरिरहेको योजना हामीलाई सुनाए।
शिव पार्वती प्रगतिशील महिला समूह को लागि आवस्यक साउन्ड सिस्टम खर्च गर्न रु पाँच हजार हस्तान्तरण।
साथै सस्कृति पर्यटन तथा उद्पादन समूह ( सुकल्प टोल ) का उद्यमशील महिला दिदि बहिनि हरु जनै बनाउने उद्यम संचालन गरिरहेको र आवस्यक सहयोग गर्दिन गरिएको अनुरोध लाई मनन गरि उपत् समूह लाई रु पांच हजार हस्तान्तरण ।
सपना पासवानले संचालन गरेको हाँस / खुखुरा फर्म मा अपरिचित रोग लागि अधिकाम्स हाँस खुखुरा मरेको हुँदा पिडित सपना पासवान लाई सहयोग स्वरुप रु पाँच हजार सहयोग रकम हस्तान्तरण।
हाम्रो समाजमा महान् र उदाहरणीय काम गर्ने समाजसेवीको संख्या बढ्दै गएको छ । हृदयको ढोका बन्द गरेर सम्पत्ति कमाउने मात्र चाहना बोकेकाहरुको त कुरै नगरौं, तर आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, पाटीपौवा, सामुदायिक भवन, विद्यालय, चौतारी र विश्रामगृह बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो । हाम्रो समाजमा पनि मन्दिर निर्माणदेखि अशक्त, असहायहरुलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने संघ–संस्था तथा व्यक्तिहरुको संख्या हरेक दिन बढिरहेको छ । सामाजिक सञ्जालहरुमा तस्वीर अपलोड गरिरहेका कथित समाजसेवीहरुको संख्या पनि बढिरहेको आजको अवस्था हो । हृदयदेखि नै समाजसेवा गर्नेहरुले जनताको विश्वास र माया बटुलेका छन् । समाजसेवाका नाममा व्यावसायिक उद्देश्य पूरा गर्ने हेतुले गठित संस्थाकै कारण समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गएको छ । जीवनको परिभाषा मानिस अनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर बुझ्छन् भने कसैका लागि प्रसिद्धिको अर्को नाम ।
निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् । असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् । संघ–संस्थामा आबद्ध बनी दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवीहरु भन्छन्– आत्मसन्तुष्टी र खुशी । उनीहरु भन्छन्– सम्पत्तिवानहरु अकुत धनदौलतको सिरानी हालेर निदाउन सक्दैनन् । तर, सच्चा समाजसेवा गर्ने मानिस निःस्वार्थ रुपमा समाजसेवा गरेर आनन्द प्राप्त गर्छ । जीवनको मुख्य लक्ष्य र प्राप्ति के हो ? खुशी, शान्ति र आनन्द । समाजसेवाबाट समाजसेवीले त्यही प्राप्त गरिरहेका छन् । भोलिको आशा भएन भने मानिसको जीवनको कुनै सार्थकता छैन । यस्ता उदार भाव भएका जनप्रतिनिधि प्रति हामीले सदैव आशा राख्नुपर्ने हुन्छ।