२०८१ भाद्र २५ गते मङ्गलवार | 2024 September 10th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कस्तो अवस्थामा बहुविवाह गरेको मानिन्छ, कस्तो सजाय हुन्छ ? [ भिडियोसहित ]

हामी कानून आम नागरिकसम्म पुर्याउनका लागि जानकारी प्रस्तुत गर्दछौ । विश्वमा नै कानून मैले थाहा पाइन र यस्तो गरे भन्ने छुट कसैलाई छैन । अर्थात कानून जान्नु र बुझ्नु हरेक नागरिकको बाध्यकारी अवस्था हो । आज हामी बहुविवाह सम्बन्धि सम्पूर्ण जानकारी प्रस्तुत गर्दैछौ ।

कस्तो अवस्थामा बहुविवाह गरेको मानिन्छ ?
लोग्ने र स्वास्नीबीच अंशवन्डा भई भिन्न बसेमा बाहेक कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की महिलासँग विवाह गरेमा वा अर्को पत्नी राखेमा बहुविवाह गरेको मानिन्छ ।

बहुविवाह गर्नेलाई के कस्तो सजाय हुन्छ ?

बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना हुन्छ । महिलाले जानी जानी बहुविवाह गरेको ठहरे निजलाई पनि सोहीबमोजिम सजाय हुन्छ । यस्तो विवाह स्वतः बदर हुन्छ ।

 बहुविवाहसम्बन्धी कसूरमा कसले कहाँ र कहिले उजुरी दिनुपर्छ ?
बहुविवाहसम्बन्धी कसूर भएमामा पीडितले वा अन्य जो कोहीले थाहा पाएको मितिले तीन महिनाभित्र सम्बन्धित प्रहरी कार्यालयमा उजुरी दिन सक्नेछ।

 

 

 

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस