२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

काभ्रे फेस्ट २०२३ को उपाधि गिरिष्मा अधिकारी, लसता श्रेष्ठ र सुजाता बिसुन्केलाई

काभ्रेपलान्चोक । विगत लामो समय देखि आयोजना हुँदै आएको काभ्रे फेस्ट प्रतियोगिताको सिजन ४ को फाइनल ६ गते शनिबार भएको छ। उक्त कार्यक्रम बनेपाको को संलग्नता मा जिल्ला संयोजक प्रविन मानन्धर एबम सुशील सैंजु ले रोयल लाउन्ज बारमा सम्पन्न गरेका छन्। जसमा बागमती प्रदेशका

पुर्व कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा भए संगै विशेष आतिथ्यतामा बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृपेश वादे,नायिका तलिषा गुरुङ ,नायक एबम मोडेल जीवन गिरि ,सुरजराज गिरि ,हास्य कलाकार प्रताप हुमागाईं संगै पत्रकार अरविन्द्र गौतम ज्युहरुको उपस्तिथी रहेको उक्त कार्यक्रम को ताज गिरिष्मा अधिकारी पहिरन सफल भए संगै पहिलो स्थान मा लसता श्रेष्ठ र दोस्रो स्थान मा सुजाता बिसुन्के ले ताज हासिल गरेकाछन।

मोडलिङ क्षेत्रमा रुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट प्रतियोगितामा असार ९ गते अडिसन रोयल लाउन्ज बारमा भएको थियो । उक्त कार्यक्रम एल एण्ड एन मोडल एजेन्सीले आयोजना गरेको छ । २३ जनाको सहभागी बाट सुरु भएको प्रतियोगिताको फाइनलमा १० जना पुगेको निर्देशक नितिन कायस्थले जानकारी दिए।

आफू भित्र रहेको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा ‘काभ्रे फेस्ट सिजन ४’ एउटा सुनौलो अवसर रहेको सहभागीहरुले बताएका छन् । प्रतियोगिताहरुको समग्र मुल्यांकन सहभागीको मोडल व्यक्तित्व तथा मोडलिङमा अभिरुचि, फोटोसुट र स्टेज प्रस्तुतिकरण गरिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस