२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

आजै रातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल र मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर ७ रुपैयाँ ५० पैसा, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

 

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस