२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

प्रधानमन्त्री पत्नी सीता दाहालको अन्त्येष्टि आजै गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उहाँको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

बुधबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले त्यसबारे जानकारी दिँदै अन्त्येष्टिको समय सावर्जनिक गरेको छ । सचिवालयले जारी गरेको सन्देशमा भनिएको छः

‘‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी सीता दाहालको आज बिहान ८ः३३ बजे असामयिक निधन भएको र उहाँको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी गरिन्छ । उहाँप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना ।’’

 

 

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस