२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

सबै पुग्दा अघिल्लो रातसँगै सुटिङ गरेकी नम्रता सारुकको अन्तिम विदाईमा किन पुगिनन् आर्यघाट ?

shahrukh tamrakar Namrata Shrestha secret

काठमाडौं । असार २२ गते राति अभिनेता सारुक ताम्राकार आफ्नै घरमा झुण्डिएको अवस्था फेला परे। उनको आत्महत्याको खबरले सबैलाई स्तब्ध बनायो ।

नेपाली रजतपटमा उदाउँदै गरेका सारुक सो घटनाको अघिल्लो दिन रातभरी सुटिङ गरेर घर फर्किएका थिए। उनी आफ्ना बाबुआमासँगै एक भोजमा जानुपर्ने थियो तर पछि आउँछु भनेका सारुक भोजमा गएनन् बरु बाआमा घर फर्किदा छोराले कहिल्यै नफर्किने गरि यो संसार छाडेको पाए।

भोलिपल्ट पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया पूरा गरेर पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। उनलाई अन्तिम बिदाइ गर्न उनका सहकर्मी कलाकार र सुटिङरतः सिनेमा ‘ह्यासट्याग माया’का सबै युनिट आर्यघाटमा उपस्थित थियो।

सारुकको अन्तिम संस्कारमा अभिनेत्री सुष्मा कार्की, मलिना जोशी, अभिनेता धिरज मगर, नुकुन श्रेष्ठ लगायतकाहरु शोकाकुल अवस्थामा थिए। यो अवस्थामा सारुकका धेरैजसो निकटवर्ती आर्यघाटमा उपस्थित हुँदा अघिल्लो रातसँगै सुटिङ गरेकी अभिनेत्री नम्रता श्रेष्ठ भने त्यहाँ उपस्थित थिइनन्।

आखिर उनी किन त्यहाँ उपस्थित भइनन्। धेरैले सो समय चासो राखेका थिए। उनी त्यहाँ उपस्थिति नहुनुको पछाडि के कारण होला त ? उनका केही निकटका अनुसार उनी त्यहाँ जाने हिम्मत जुटाउन नसकेर नगएकी हुन रे।

नम्रता आर्यघाट नगएपनि उनी शनिबार सारुकको घर भने पुगेको बताइन्छ। थुप्रैले आफ्ना सामाजिक सञ्जालमा उनको निधनमा शोक व्यक्त गर्दा नम्रताले भने आफ्ना फेसबुक र इन्स्टाग्राममा सारुकका बारेमा केही लेखेकी छैनन्।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस