२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महराले भने सुन प्रकरणमा प्रयोग भएको फोन मेरो होइन, भ्रममा नपर्नुहोला

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभएको छ । सुन प्रकरणसँग जोडिएको फोन आफ्नो नभएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

केही दिनदेखि सुन प्रकरणसँग जोडेर आफ्नो नाम आएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँ सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु ।’

उहाँले आवश्यक परे सहयोगका लागि निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । अनावश्यक भ्रममा नपर्न उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस