२०८१ साउन ९ गते बुधवार | 2024 July 24th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घाँटी रेटिएको अवस्थामा महिलाको शव फेला

सल्यान । सल्यानमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शारदा नगरपालिका–१४ माल्नेटाको कालिमा प्रावि नजिकै स्थानीय अन्दाजी ४७ वर्षकी उर्मिला गिरीको शव फेला परेको हो ।

उनी आइतबार बिहान घर नजिकैको बारीमा घाँस काट्न गएकी थिइन् । १० बजेसम्म पनि घर नफर्केपछि श्रीमान् खड्गबहादुर गिरी खोज्दै जाँदा बारीको डिलमा उनी मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सल्यानले घटनालाई हेर्दा महिलाको हत्या गरेको जस्तै देखिएको बताएको छ । यद्यपि घटनाबारे अनुसन्धान हुन भने बाँकी छ । घटनास्थल चारैतिरबाट सुरक्षित गरिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस