२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनले खनेका खोला मानव धराप : तस्वीरमा बगिरहेको खोला हो

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन शाहले छोपिएका खोला फुटाएर त ठिक गरे, तर समय उपयुक्त भएन । अत्याधिक बाढी आउने समयमा नै फुटाउँदा साविक बगिरहेको खाला ठाउँ–ठाउँमा थुनिएको छ । काम सुरु गरेपछि सबै क्लियर गर्न नसकेपछि खोला थुनिँदा बाडी काठमाडौंका बस्तीमा पसेको छ ।

काठमाडौं महानगरपालिका–३ स्थित सामाखुशी खोलामा आज ठूलो बाढी आएको छ। मंगलबार बिहानैदेखि लगातारको वर्षाका कारण सामाखुशी खोलामा बाढी आएको हो। बाढीले वडा नम्बर ३ र २६ खोलावरपरका सडक जलमग्न भएका छन्।

खोला छेउमा भएका घरभित्रै बाढी छिरेको छ। सडक पार गरेर घरभित्र पानी पस्न थालेपछि स्थानीय सडकमा निस्किएका छन्। पानी छिर्न नदिन सडकको छेउमा ढुंगा, इट्टाले छेकबार लगाउन खोजेपनि उनीहरूको प्रयास निरर्थक भएको छ।

घरभित्रै घुँडाघुँडासम्म आइपुग्ने गरी पानी जमेपछि बाल्टीले उभाएर पानी फालिरहेका छन्। बाढीका कारण सवारी आवागमन अवरूद्ध भएको छ। वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापाले त्यस क्षेत्रमा महानगरको विपद् व्यवस्थापन अन्तर्गतको टोली परिचालन गरिएको जानाकारी दिनुभयो । आफूपनि बाढीले पुर्‍याएको क्षति अवलोकन र वडावासीको अवस्था बुझ्न जाँदै गरेको उहाँले बताउनुभयो । काठमाडौं महानगरपालिकाले एकसाता अघि खोलामाथिको स्ल्याब हटाएको थियो।

 

 

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस