२०८२ असार ३ गते मङ्गलवार | 2025 June 17th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसक्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको बताउनु भएको छ। गुरु लुइँटेल विकास तथा अध्ययन प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ८९ सीटको कांग्रेसलाई ३२ सीटको नेकपा माओवादी केन्द्रले फनफनी आफ्नो पछि घुमाइरहेको बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर भनेर उहिले २०१५ सालको संसदमा केदारमान व्यथितले प्रश्न गर्नुभएको थियो । यही प्रश्न म आज नेपाली कांग्रेसका साथीहरूलाई गर्न चाहन्छु । उहाँहरूले कसको पछाडि आफूलाई लाउनुभएको हो ? के का पछि उहाँहरू लाग्नुभएको हो ? अचम्म लाग्छ, पछाडि पुच्छर चुप लागेर बसेको छ, अगाडि कांग्रेस डोलायमान छ। तन डोले मन डोल जस्तो गीत गाएर बसेको छ । तपाईँहरूलाई यसै गरी ४ वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने मन लागिन्जेल लाग्नुस् ।’

 

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस