२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनप्रतिनिधिको घरमै घुसेर सबै परिवारमाथी निर्घाट कुटपिट, उपमेयर आइसियूमा भर्ना

जनकपुरधाम । घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गरिएको छ । परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा उपमेयर खातुनको उपचार चल्दैछ । उहाँको मोबाइलमा सम्पर्क गर्दा आफन्त ओरन्जेब आलमले भन्नुभयो, ‘उहाँसम्म कुरा हुँदैन सर ‌। कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न । आइसियूमा उपचाररत हुनुहुन्छ।’

शनिवार राती एक समूहले बैरियास्थित उपमेयर खातुनको घरमा आक्रमण गरेको थियो ‌। आक्रमणकारीले उहाँका पति नेवाजी अन्सारीसहित परिवारका अन्य सदस्यलाई पनि कुटपिट गरेका थिए । घाइते उपमेयर खातुन, उहाँका श्रीमान् र परिवारका अन्य सदस्यलाई आफन्त र स्थानीयले तत्कालै परवानीपुरस्थित न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

घरमा जसपाका कार्यकर्ताले आक्रमण र लुटपाट गरेको आरोप लागेको छ । उपमेयरका आफन्त बताउने ओरन्जेबले आक्रमण कसले गरेको कुरा आफूलाई थाहा नभएको बताउनुभयो । आक्रमणपछि घटनास्थलमा दराज, बाकस र सामानहरू फालिएको देखिएको छ । बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँका अनुसार उपमेयर खातुनको घरमा दुई पक्षबीच दोहोरो झडप भएको थियो ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस