२०८१ भाद्र २५ गते मङ्गलवार | 2024 September 10th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समीक्षा अधिकारीले दिइन् फेसबुक पेजहरुविरुद्ध उजुरी

काठमाडौं । आफूविरुद्ध झुटो खबर फैलाएको भन्दै गायिका समीक्षा अधिकारीले चारवटा फेसबुक पेजविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार झुटो खबर फैलाएर मानसिक यातना दिएको भन्दै उजुरी दिएकी हुन्। अधिकारीले ताजाखबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नामक फेसबुक पेजविरुद्ध उजुरी दिएकी छन्। ती फेसबुक पेजबाट बिनाप्रमाण जे मन लाग्यो त्यही लेखेर आफ्नो इज्जत र प्रतिष्ठामाथि आँच आउने कार्य गरेकाले कानूनी कारबाही गर्न र उक्त आईडीहरू बन्द गराउन उनले प्रहरी समक्ष अनुरोध गरेकी छन्।

केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूलाई अष्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको भन्ने झुटो खबर फैलाइएको उनको दाबी छ। ‘वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।’

यद्यपी उनले केयर टेकरको रुपमा आफ्नी दिदि लिएर अष्ट्रेलिया गएको र दिदि नेपाल नफर्किएको तथ्य साँचो हो । यही विषयलाई लिएर जनबोली न्यूज नेटवर्कले समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचार यस सञ्चार प्रतिष्ठानको अधिनमा रहेको हाम्रो लर्निङ सेन्टर फेसबुक पेजमा सेयर भएको थियो । अष्ट्रेलियाबाट प्राप्त स्रोतको सूचनामा थप केही विषय भने फरक परेकाले जनबोलीले समाचार हटाएर भुलसुधार गरेको छ । सोही लिंक मात्र हाम्रो लर्निङ सेन्टरमा रहेको हाम्रा पाठकहरुलाई अवगत गराउँदछौ ।

गायिका समीक्षा अधिकारीको समाचार सम्बन्धमा सच्याइएको जानकारी

 

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस