२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

शुक्रबारपनि सार्वजनिक विदा दिने निर्णय, लगातार तीन दिन विदाको मज्जा

Public Holidays Friday :

काठमाडौं । आज रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको सार्वजनिक विदा दिइएको छ । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबारपनि सार्वजनिक विदा दिएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार तीन दिन सार्वजनिक विदा परेको छ ।

काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रवारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस