२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

एसिया कप खेल्न सन्दीप पाकिस्तान उडे

Sandeep Lamichane

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान गएका छन् । उनी आज बिहान १० बजे पाकिस्तान उडेका हुन् । सन्दीपमाथि अन्तिम सुनुवाइ हुनेगरी आइतबार तोकिएको पेशी हेर्न नभ्याइएका कारण भदौ २१ लाई सरेपछि पाकिस्तान जाने बाटो खुलेको हो।

उनी भदौ २१ अघिको पेशीअगावै काठमाडौं आइपुग्ने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए। एसिया कपका लागि नेपाली क्रिकेट टिमका अन्य सदस्यहरू भने पाकिस्तान पुगिसकेका छन्।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस