२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

सदन हाइज्याक भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार देखाएको आरोप लगाउनुभएको छ। सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सभामुखले आफू अनुकुल सदन सञ्चालन गरेर पक्षपाती व्यवहार देखाएको आरोप लगाउनुभयो ।

सभामुखको कुर्सीमा बसेपछि व्यवहार, क्रियाकलापले दलको बन्न नपाउने उहाँले बताउनुभयो । लामिछानले नियोजित रूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको गुनासो गर्नुभयो । लामिछानेले एमालेले लगातार सदन अवरुद्ध गरिरहेको अवस्थामा सभामुखले छानीछानी सांसदलाई बोल्न दिएको र अरू दलका सांसदहरूले बोल्न खोज्दा अन्तै मोडिएको तर्क गर्नुभयो । उहाँले बन्द कोठामा सहमति गरेर नै रास्वपाका सांसदहरूलाई बोल्न नदिएको भान भएको धारणा राख्नुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस