२०८१ माघ २ गते बुधवार | 2025 January 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल–भारत खेलमा रवि र बालेनको लाइभ हुटिङ प्रसंशनीय : तस्वीरमा हेरौं श्रीलंका को–को पुगे ?

Nepal Vs India Live : एसीसी एसिया कप अन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ। समूह ए अन्तर्गत नेपाल र भारतको यो दोस्रो खेल हो। यसअघि नेपाल पाकिस्तानसँग मुल्तानमा २३८ रनले पराजित भएको थियो। यता भारत र पाकिस्तानको म्याच रद्द हुँदा अंक बाँडेका थिए।

आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण रहेको छ। आजको विजेता नै सुपर फोरमा जानेछ। वर्षातका कारण बारम्बार रोकिएको खेल फेरि केही समयपछि सुरु हुनेछ। नेपाली क्रिकेट टोलीको पहिलोपटक भारत विरुद्ध खेल हेर्न नेपाली दर्शकहरुको श्रीलंकाको क्यान्डीमा उल्लेख्‍य उपस्थिति रहेको छ।

पहिलोपटक भारतविरुद्ध खेलिरहेको नेपालको सपोर्टका लागि समर्थकहरु स्टेडियममा छन्। नेपाली खेलाडीको हौसला बढाउनका लागि राष्‍‍ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि श्रीलंकामा हुनुहुन्छ । उहाँहरुको हुटिङ प्रसंशनीय छ । उहाँहरु नेपाली समर्थकमाझ बसेर नेपाली टोलीको खेल हेरिरहनुभएको देखिन्छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस